रवि लामिछाने प्रहरी हिरासतबाट छुटे, ५ लाख धरौटी



काठमाडौं । सञ्चारकर्मी रवि लामिछाने प्रहरी हिरासतबाट रिहा भएका छन् । जिल्ला अदालत चितवनले लामिछानेलाई ५ लाख धरौटीमा थुनामुक्त गर्ने आदेश दिएको छ ।

लामिछानेसँगै पक्राउ परेका युवराज कँडेल ३ लाख र अस्मिता (रुकु) कार्कीलाई साधारण तारेखमा थुनामुक्त गर्न अदालतले आदेश दिएको हो । लामिछानेसहित तीनै जनालाई प्रहरीले साउन २० गते पक्राउ परेकमा थिए ।

सञ्चारकर्मी सालिकराम पुडासैनी आत्महत्या प्रकरणमा लामिछानेसहित ३ जनालाई प्रहरीले पक्राउन गरेको थियो ।

साउन २० गते चितवनको कंगारु होटेलमा पुडासैनी झुन्डिएर मरेको अवस्थामा फेला परेका थिए । पुडासैनीले आत्महत्या गर्नुअघि मोवाइलमा भिडियो खिचेको फेला परेको थियो । उ

क्त भिडियोमा रवि लामिछानेले, दिपक कँडेल र अस्मिता कार्कीले आफूलाई आत्महत्या गर्न बाध्य बनाएको उल्लेख गरेका थिए । त्यसपछि प्रहरीले मुलुकी अपराध संहतामा भएको आत्महत्या गर्न दुरुत्साहन गर्ने व्यक्तिको रुपमा उनीहरुलाई पक्राउ गरेको थियो ।


पुष्प दुलाल