प्राइम बैंकका सीइओ नारायणदास मानन्धरको मुद्दा प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणाले हेर्ने

476
Shares

काठमाडौं। प्राइम बैंकका सीइओ नारायणदास मानन्धरले राष्ट्र बैंकको परिपत्र खारेजीको माग गर्दै दायर गरेको मुद्दा सर्बोच्च अदालतका प्रधानन्यायधीस चोलेन्द्र शम्शेर राणाले हेर्ने भएका छन् । प्रधानन्यायधीस राणाले मंगलबार आफ्नो एकल इजालसका लागि पेशी तोकेका छन् ।

गत साउन २२ गते मानन्धरले राष्ट्र बैंकले गरेको उमेरहदको व्यवस्था विरुद्ध अदालतमा मुद्दा दर्ता गरेका थिए । २३ गते न्यायाधीस मीरा खड्काको बेन्चले हेर्न नभ्याएको उक्त मुद्दा मंगलबार दिउसो सुनुवाइ हुने भएको छ ।

बैंक सञ्चालक र सिइओकाे उमेर हद तोकियो, एभरेष्टका अध्यक्ष र प्राइमका सिइओले पद छाड्नु पर्ने

राष्ट्र बैंकले ६५ वर्ष पुगेको व्यक्तिलाई सीइओ नियुक्ति गर्न नपाइने र बहालवाला सीइओ ६९ वर्ष कटेको भए स्वत पदमुक्त हुने निर्देशिका साउन २० गते ल्याएको थियो । राष्ट्र बैंकको उक्त निर्देहिकासँगै मानन्धर पदमुक्त भएका थिए । सीइओ मानन्धर ७४ वर्षका भए ।

राष्ट्र बैंकको निर्देशिकालाई नारायणदास मानन्धरको चुनौती

छँदाखाँदाको जागिर राष्ट्र बैंकले खाइदिएपछि मानन्धर राष्ट्रको निर्णयलाई चुनौति दिँदै मुद्दा दायर गरेका हुन् ।

Skip This