
काठमाडौं ।आज हुने स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) को २४ औं वार्षिक साधारणसभामा निर्वाचनमा विवाद सिर्जना भएको छ ।
इप्पानका महासचिब तथा वरिष्ठ उपाध्यक्षका उमेद्धार बलराम खतिवडा सहित ३५० सदस्यले २४ औं साधारणसभाबाट विधान पारित गरेर मात्रै निर्वाचन गर्न बिहीबार इप्पान अध्यक्ष मार्फत कार्य समितिमा निवेदन पेश गरेका छन् । यसले इप्पानको विवाद थप उत्कर्षमा पुर्याएको हो ।
निवेदनमा संस्थाको सर्बोच्च निकाय साधारणसभाले गरेको निर्णय कार्यान्वयन गर्नु सबैको दायित्व भएको तर सो दायित्व भुलेर कार्यसमितिको बहुमतको नाममा आफ्नो निवेदन विपरित निर्वाचन समितिले निर्वाचन कार्यक्रम अगाडि बढाएपछि संस्थामा थप विवाद सिर्जना भएको बताइएको छ ।
इप्पानमा ६८१ मतदाता रहेकोमा संस्थाका करिब ३५० मतदाताले निर्वाचन प्रकृया अगाडि नबढाउन हस्ताक्षर गरि वैधानिक तवरले मात्रै अघि बढ्न गरिएको आग्रहलाई वेवास्ता गरि निर्वाचन समितिले मिति बिहीबार बेलुका जारी गरेको अन्तिम उम्मेदवारको नामावली सार्वजनिक गरेर खतिवडा पक्षका उपाध्यक्ष उम्मेदवारहरू कुमार खरेल र दिपक पौडेल तथा सचिबका उम्मेदवारहरू कृष्णप्रसाद घिमिरे र विरेन्द्र बहादुर मल्लको उम्मेदवारी खारेजी प्रति गम्भीर असहमति जनाइएको छ ।
शुक्रबार सम्पन्न हुने साधारणसभामा विधान संसोधनको एजेण्डा राखिएकोले सो सँगै कार्यसमितिको निर्वाचन समेत छ । यो विवादको विषय भने संस्थाको २३ औं साधारण सभाबाट सर्वसम्मतीले पारित गरेको विधान संसोधनको निर्णयलाई कार्यान्वयन गरेर मात्र २४ औं साधारणसभाले निर्वाचन गर्नुुपर्ने कि २१ औं साधारणसभा अगाडिकै विधानमा निर्वाचन गर्ने भन्नेबाटै शुरू भएको बताइएको छ।
इप्पानको २१ औं वार्षिक साधारण सभाले भानुभक्त पोखरेल संयोजकत्वमा ५ सदस्यीय विधान संसोधन तथा पुर्नलेखन समिति गठन भएको र सो समितिले २०८२ साल आषढ ३१ गते सम्पन्न संस्थाको २३ औ साधारणसभा समक्ष निणयार्थ ंपेश भएको उल्लेख गरेको छ ।
उक्त मस्यौदा विधान इप्पानको २३ औं वार्षिक साधारण सभाले पारित गरेर सोको कायान्वयन गर्न संस्थाका अध्यक्षलाई अख्तियारी दिएकोका सो निर्णय कार्यान्वयन नर्गने मनसायले संस्थालाई नविकरण नगरि अहिले पुरानै विधानबाट निर्वाचनगर्ने निर्णयले विवाद सिर्जना भएको हो ।









प्रतिक्रिया