बैंक सञ्चालक र सिइओकाे उमेर हद तोकियो, एभरेष्टका अध्यक्ष र प्राइमका सिइओले पद छाड्नु पर्ने



काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत र संचालकलाई उमेर हद तोकेको छ ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको संचालकको लागि ७० वर्षको उमेर हद तोकेको छ । राष्ट्र बैंकले निर्देशिका कार्यान्वयनमा आएपछि ७४ वर्ष नाघेको व्यक्तिले तत्कालै पद छाड्नुपर्ने बताएको छ । राष्ट्र बैंकको निर्देशिकाले एभरेष्ट बैंकका अध्यक्ष बिके श्रेष्ठले तत्कालै पद छाड्नुपर्छ ।

यस्तै प्रमुख कार्यकारी अधिकृतको हकमा ६५ वर्षको उमेर हद तोकिएको छ ।

निर्देशिका लागु हुनु अगाडि नियुक्त भएपनि ६९ वर्ष उमेर पुगेका व्यक्ति सिइओ बन्न सक्दैनन् । यो व्यवस्थाले प्राइम बैंकका प्रमुख कार्यकारी अधिकृत नारायणदास मानन्धरले पनि पद छाड्नु पर्छ । उनलाई हालै मात्र प्राइमले थप चार वर्षको लागि सिइओ पदमा नियुक्त गरेको थियो ।


पुष्प दुलाल