कल डिपोजिटः स्ट्यान्डर्ड चार्टर्डको १५७%ले बढ्यो, प्राइमको १५%ले घट्यो, कस्को कति ? (सूचिसहित)



काठमाडौं । कूल निक्षेपमा कल निक्षेपको मात्रा बढी राखेर जोखिम मोलेको भन्दै राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामाफर्त कल डिपोजिटको सीमा तोक्ने घोषणा गर्यो ।

राष्ट्र बैंकको यो घोषणाले २५ प्रतिशत कल डिपोजिट राखेर बसेको प्राइम बैंकलाई सबैभन्दा धेरै बेफाइदा भयो भने कल डिपोजिटको मात्रा अत्यन्तै कम रहेका स्ट्यान्डर्ड चार्टर्ड बैंकलगायतलाई बढी फाइदा भयो ।

राष्ट्र बैंकका अनुसार ०७५ फागुको तुलनामा चैत महिनामा स्ट्यान्डर्ड चार्टर्ड बैंकले कल डिपोजिट १५७।५६ प्रतिशत अर्थात् ४१ करोड रुपैयाँले बढाएको छ । फागुनमा २६ करोड ५८ लाख रुपैयाँ मात्रै कल डिपोजिट रहेको यो बैंकले चैतमा ६८ करोड ४६ लाख रुपैयाँ कल डिपोजिट संकलन गरेको छ ।

सिद्दार्थ, ग्लोबल, एनसीसी, एसबिआइ, इन्भेष्टमेन्ट, सनराइज, जनता मेगा, प्रभु सिटिजन्स, माछापुच्छ्रे, एनआइसी एशिया, सेञ्चुरी, सिभिल, एनबी र कृषि विकास बैंकले कल डिपोजिट बढाएका छन् ।

गत पुस मसान्तमा कूल निक्षेपको २५ प्रतिशत कल डिपोजिटको हिस्सा भएको प्राइम बैंकलाई भने तनाब भएको छ । फागुको तुलनामा चैतमा प्राइम बैंकको कल डिपोजिट २७ करोड ४७ लाख ४१ हजार रुपैयाँ अर्थात् १४.९७ प्रतिशतले घटेको छ । फागुनमा प्राइमले १ अर्ब ८३ करोड ५६ लाख रुपैयाँ कल डिपोजिट संकलन गरेकोमा चैतमा १ अर्ब ५६ करोड ८ लाख रुपैयाँ मात्रै संकलन गरेको छ ।

राष्ट्रिय वाणिज्य, नविल, एभरेष्ट, सानिमा कुमारी, एनएमबि, हिमालयन, लक्ष्मी, बीओके र नेपाल बैंकको कल डिपोजिट घटेको छ ।


पुष्प दुलाल