फेसबुकमा एनआइसी एशियाको साथीसँग च्याट गर्न पाइने
काठमाडौं । एनआइसी एशिया बैंकले सामजिक सञ्जाल फेसबुकमा साथी नामक च्याटबोट सञ्चालनमा ल्याएको छ । साथी नामक च्याटबोट मार्फत् बैंकका ग्राहकहरूले आफ्नो चाहाना अनुरुपका जिज्ञासाहरुकोे आधिकारीक जवाफ प्राप्त गर्न सक्नेछन् ।
यो कामले डिजिटल बैंकिङ्गको विकासमा बैंकले थपउचाई प्राप्त गर्ने बिश्वास बैंकले लिएको छ ।
बैंकले देशभर २७० शाखा, २८७ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं २० वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
बैंकको वासलातको आकार २ खर्ब १३ अर्ब रुपैयाँभन्दा बढी पुगेको छ । कुल निक्षेप करिब १ खर्ब ६८ अर्ब र कुलकर्जा करिब १ खर्ब ४५ अर्ब रुपैयाँ पुगिसकेको छ । बैंकका ग्राहक १४ लाख पुगिसकेका छन् ।
संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।