अढाई लाख तलब हुने कृषि विकास बैंकको सीइओमा अनिल उपाध्याय नियुक्त
काठमाडौं । सरकारी लगानीको कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा बैंकर अनिल उपाध्याय नियुक्त भएका छन्। बैंकले उपाध्यायलाई खुला प्रतिस्पर्धाबाट चार वर्षे कार्यकालका लागि नियुक्त गरेको हो ।
तत्कालीन सीइओ लीलाप्रकाश सिटौलाको कार्यकाल गत मंसिर २७ गते सकिने भएपछि बैंकले मंसिर २३ गतेसम्म नयाँ सीइओका लागि आवेदन माग गरेको थियो ।
बैंकमा १७ जनाले आवेदन दिएका थिए। यसमध्ये ५ जनालाई सर्ट लिस्ट गरिएको थियो। सीइओको मासिक तलव २ लाख ५० हजार रुपैयाँ हुने बैंकले जनाएको छ ।