चिरिबाबुका नजरमा ललितपुरको सबैभन्दा महंगो जग्गाको मूल्य रोपनीको २ करोड




काठमाण्डौ । ललितपुर महानगरपालिकाले आर्थिक वर्ष २०७५/७६ का लागि जग्गाको मूल्य तोकेको छ । महानगरपालिकाले आफ्नो क्षेत्रभित्रका जग्गाको मूल्य ६ लाख १० हजारदेखि १ करोड ९२ लाख रुपैयाँसम्म तोकेको छ ।

मेयर चिरिबाबु महर्जन नेतृत्वको ललितपूर महानगरले आफ्नो भूगोलभित्रको जग्गाको मूल्य यसरी तोकेको हो ।

महानगरपालिकाको वडा नं १८, २५, २१ र २२ मा विकसित घडेरीको मूल्य सबैभन्दा उच्च रहेको छ । यी क्षेत्रमा प्रतिरोपनी घडेरीको मूल्य १ करोड ९२ लाख रुपैयाँ तोेकिएको छ ।

यस्तै, महानगरपालिकाको वडा नं. ९ मा भने सबैभन्दा सस्तो जग्गा रहेको छ । वडा नं ९ को गोरेटो बाटोसँग जोडिएको जग्गाको मूल्य प्रतिरोपनी ६ लाख १० हजार रुपैयाँ छ ।

घरको मूल्याकङ्न कस्तो छ ?
ललितपुर महानगरले आवसीय तथा व्यापारिक प्रयोजनका घरको छुट्टा–छुट्टै मूल्याङ्कन गरेको छ ।

आवासीय तथा व्यवसायिक प्रयोजनका लागि निर्माण गरिएका काँचो ईँटा तथा माटोको जोडाई भएको घरको प्रतिवर्गफिट ६ सय रुपैयाँ मूल्य तोकेको छ ।

पाकेको र्इँटामा माटोको जोडाई भएको आवासीय तथा व्यवसायिक प्रयोजनको घरका लागि भने महानगरले प्रतिवर्गफिट ७ सय ५० रुपैयाँ मूल्य तोकेको छ ।

पाकेको ईँटा र सिमेन्टको जोडाई सहित निर्माण भएको आवासीय प्रयोजनको घरको प्रतिवर्गफिट १ हजार ५ सय रुपैयाँ मूल्य तोकेको छ भने व्यवसायिक प्रयोजनका लागि प्रति वर्गफिट १७ सय ५० रुपैयाँ मूल्य तोकेको छ ।

आवासीय प्रयोजनका लागि निर्माण गरिएको पिलर सिस्टमको घरको प्रतिवर्ग फिट १८ सय रुपैयाँ मूल्य तोकिएको छ । त्यस्तै, व्यवसायिक प्रयोजनका लागि भने २२ सय रुपैयाँ मूल्य तोकिएको छ ।

स्टिल फ्रेम स्ट्रक्चर, फ्रविङट्रस, फाईवर सहित आवासीय प्रयोजनका लागि निर्माण गरिएको घरको प्रतिवर्गफिट १८ सय मूल्य तोकिएको छ भने व्यवसायिक प्रयोजनका लागि २२ सय रुपैयाँ प्रतिवर्गफिट मूल्य तोकिएको छ ।

मालपोत कर कति ?
क वर्गको जग्गाको प्रति रोपनी ४ सय रुपैयाँ
ख वर्गको जग्गाको प्रति रोपनी २ सय २० रुपैयाँ
ग वर्गको जग्गाको प्रति रोपनी २ सय ४० रुपैयाँ
घ वर्गको जग्गाको प्रति रोपनी १ सय ९० रुपैयाँ
ङ वर्गको जग्गाको प्रति रोपनी १ सय ४५ रुपैयाँ
च वर्गको जग्गाको प्रति रोपनी १ सय १० रुपैयाँ
वर्ग नखुलेको जग्गाको लागि प्रति रोपनी १ सय ५० रुपैया


क्लिकमान्डु