
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले आन्दोलनमा उत्रिएका शिक्षकलाई धन्यवाद दिएका छन् ।
बुधबार काठमाडौंमा शिक्षा ऐन जारी र विगतका सम्झौता कार्यान्वयनको माग राख्दै शिक्षकहरूले प्रदर्शन गरेका थिए । त्यसक्रममा आन्दोलन फोहोर नगरि, केहि नभत्काइ गरेको भन्दै शाहले धन्यवाद दिएका हुन् ।
उनले महानगरले जरिवाना नखोजी चेतना खोजेको उल्लेख गरेका छन्।
‘सार्वजनिक सम्पति पनि आफ्नै सम्पति हो भनेर त्यसलाई जोगाउने चेतनशील समाजको निर्माण गर्न खोजेको हो,’ बालेनले भनेका छन्, ‘यहि शिक्षा तपाईंले आफ्नो विद्यार्थीहरूलाई पनि दिनुहोला । हामी सबै मिलेर चेतनशील समाजको निर्माण गरौँ । तपाईहरू त झन् शिक्षक हुनुहुन्छ, तपाईंहरूको त झन् ठूलो जिम्मेवारी र भूमिका छ यसमा ।’

बालेनले लेखेका छन्, ‘कृपया, आफ्नो कुरा राख्नलाई चेतनशील भएर विद्यार्थीहरूको पढाइ नबिगारी कार्यक्रम गरिदिनुहोला । गाउँ गाउँमा सिंहदरबार भन्ने त नारा मात्र भयो । आशा छ एकदिन आफ्नो अधिकारको लागि काठमाडौं धाइरहनु नपरोस् ।’
प्रतिक्रिया