
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बुधबार आफ्ना सांसदहरूसँग अनौपचारिक छलफल गर्ने भएको छ ।
पार्टी सभापति रवि लामिछानेसहितको नेतृत्वले बिहान ११ बजे संसदीय दलको कार्यालयमा बैठक बोलाएको हो । रास्वपाले काठमाडौं उपत्यकाभित्र रहेका सबै सांसदहरूलाई उपस्थित हुन आग्रह गरेको छ ।
छलफलका एजेन्डा औपचारिक रूपमा सार्वजनिक नगरिए पनि समसामयिक राजनीतिक विषयमा केन्द्रित हुने एक नेताले बताएका छन् ।
यसैबीच, संसद् प्रक्रियालाई बेवास्ता गर्दै अध्यादेश ल्याउन लािएको भन्दै सरकारको आलोचना भइरहेको छ ।









प्रतिक्रिया