
काठमाडौं । राइड सेयरिङ कम्पनीहरूविरुद्ध राइडरहरू आन्दोलनमा उत्रिएका छन् ।
स्वतन्त्र चालक फाउन्डेसन नेपालको आयोजनामा राइडरहरूले मोटरसाइकल तथा स्कुटरसहित माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् ।

पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढिरहेको भए पनि कम्पनीहरूले भाडा समायोजन नगरेको उनीहरूको मुख्य गुनासो छ ।
पेट्रोल महँगो हुँदा पनि यात्रु भाडा कम राखिएको, आफ्नो मेहनतको उचित मूल्य नपाएको र कम्पनीहरूले राइडरकै पसिनाबाट नाफा कमाइरहेको उनीहरूको आरोप छ।

राइडरहरूले विगत चार वर्षदेखि आफूहरूमाथि अन्याय भइरहेको दाबी गर्दै त्यसको अन्त्य गर्न माग गरेका छन् ।नेपालमा अहिले पठाओ, इन्ड्राइभ, याङ्गो सञ्चालनमा छन् ।










प्रतिक्रिया