देउवाले दिए बालेनलाई बधाई

595
Shares

काठमाडौं । शेरबहादुर देउवाले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त भएकोमा बधाई तथा शुभकामना व्यक्त गरेका छन्।

पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति देउवाले सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश दिँदै शाहको सफल कार्यकालको कामना गरेका हुन्।

उनले लेखेका छन्, ‘राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त हुनु भएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु।’

देउवाले यससँगै आजै नियुक्त भएका मन्त्रिपरिषद्का सबै सदस्यहरूलाई पनि बधाई दिँदै उनीहरूको सफलताको कामना गरेका छन्। देउवा स्वास्थ्य उपचारका लागि विदेशमा छन् ।

नव नियुक्त प्रधानमन्त्री शाहले आजै पद तथा गोपनीयताको शपथ लिएका छन् भने मन्त्रिपरिषद् विस्तार पनि गरिएको छ।