
एजेन्सी । उत्तरी चीनको एउटा सानो जैविक प्रविधि कम्पनीमा शनिबार बिहान भएको विस्फोटमा आठजनाको मृत्यु भएको चीनको सरकारी सञ्चारमाध्यमले आइतबार जनाएको छ ।
सरकारी सञ्चारमाध्यमका अनुसार, शनिबार बिहान शान्शी प्रान्तको शोयाङ सहरमा उक्त विस्फोट भएको हो ।
शिन्ह्वा समाचार एजेन्सीका अनुसार जियापेङ बायोटेक्नोलोजीका कानुनी प्रतिनिधिलाई नियन्त्रणमा लिइएको छ र शहरले दुर्घटना अनुसन्धान टोली गठन गरेको छ ।
शिन्ह्वाले जनाएको अनुसार उक्त कम्पनी पहाडी खोँचमा अवस्थित छ र दुर्घटनास्थलबाट गाढा पहेंलो धुवाँ उडिरहेको देखिएको थियो ।
रोयटर्सले कम्पनीसँग सम्पर्क गर्न सकेन, र उक्त कम्पनीको कुनै वेबसाइट पनि छैन। रिपोर्ट गरिएको विस्फोटको कारण तत्काल स्पष्ट हुन सकेको छैन ।
कम्पनी दर्ता विवरणअनुसार, सन् २०२५ जुनमा स्थापना गरिएको जियापेङ बायोटेक्नोलोजीले पशु आहार, कोइला सम्बन्धी उत्पादन तथा निर्माण सामग्रीमा अनुसन्धान गर्दै आएको छ ।









प्रतिक्रिया