प्रभु बैंकका सीईओ अशोक शेरचनसहित तीन जनालाई ५ दिन म्याद थप

623
Shares

काठमाडौं । प्रभु बैंकका कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनसहित तीन जनामाथि थप पाँच दिन अनुसन्धान गर्न अनुमति दिइएको छ ।

उच्च अदालत पाटनले सीईओ शेरचन, डेपुटी सीईओ मणिराज पोखरेल, प्रमुख कर्जा अधिकृत रिवास श्रेष्ठमाथि थप ५ दिन अनुसन्धान गर्न म्याद पाएको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता शिवकुमार श्रेष्ठले जानकारी दिए । मंसिर १४ गते आइतबार शेरचनसहितका आरोपी पक्राउ परेका थिए ।

बैंकका पूर्वअध्यक्ष देवीप्रकाश भट्टचनमाथि सीआईबीले कर्जा अपचलन सम्बन्धी मुद्दामा अनुन्धान गरिरहेको छ ।

करिब १ अर्ब रुपैयाँ ठगीबारे प्रभु म्यानेजमेन्टकी अध्यक्ष कुसुम लामाले दिएको जाहेरीका आधारमा भट्टचनलाई कात्तिक ११ गते प्रहरीले नियन्त्रणमा लिएको थियो । सीआईबीले कात्तिक २२ मा बैंकको बिजुलीबजारस्थित केन्द्रीय कार्यालयमा छापा मारेर महत्त्वपूर्ण कागजात नियन्त्रणमा लिएको थियो ।