प्रभु म्यानेजमेन्ट ठगी प्रकरण

कुसुम लामाको बयान: भट्टचन र शेरचन भाग्दैनन् भन्ने लागेर चेकहरूमा हस्ताक्षर गरिरहेँ

4.4k
Shares

काठमाडौं । प्रभु म्याजमेन्टकी अध्यक्ष कसुम लामाले प्रभु बैंक र प्रभु म्यानेजमेन्टका पूर्वअध्यक्ष देवीप्रकाश भटट्चन तथा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन भाग्छन् भन्ने नलागेर आफूले चेकहरूमा हस्ताक्षर गरेको बताएकी छन् ।

देवी प्रकाश भट्टचनको सेयर ट्रान्सफर गर्नुको उद्देश्य अशोक शेरचन र देवी प्रकाश भट्टचनको मिलेमतोमा भट्टचन समूहलाई प्रभु म्यानेजमेन्टबाट उन्मुक्ति दिलाउनु रहेको लामाले प्रहरीसँगको बयानमा भनेकी छन् ।

प्रभु म्यानेजमेन्ट प्रालिका संस्थापक देवीप्रकाश भट्टचन, सञ्चालक कुसुम लामासहित विरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ ।

देवी प्रकाश भट्टचन, अशोक शेरचनको निर्देशनमा लाजिम्पाट अपार्मेण्ट, राम जानकी मेडिकल कलेज, सिम्रिक एयर, प्रभु टिभि, हेल्लो पैसा जस्ता कम्पनीमाहरुमा प्रभु म्यानेजमेण्टको पैसा गएको उनको दाबी छ ।

‘देवी प्रकाश भट्टचन र अशोक शेरचनको प्रभु म्यानेजमेण्टलाई बैंक र सहकारीको रकमहरुको भारी बोकाएर भाग्छन् र भगाउँछन् भन्ने थाहा थिएन । त्यसैले आएको चेकहरुमा मैले दस्तखत गरेको हुँ,’ लामाले बयानमा भनेकी छन् ।

लामाले देवी प्रकाश भट्टचन लगायतहरुबाट सम्पूर्ण रकमहरु असुल गरी सहकारी र बैंकहरुलाई चुक्ता गरी कम्पनी बन्द गर्छु भनी बसेको उल्लेख गरेकी छन् ।

पछिल्लो समय प्रभु म्यानेजमेन्टसँग सहकारीहरूको कारोबार विवादपछि भने प्रभु मनी ट्रान्सफरले सहकारीहरूलाई सिधै एजेन्ट बनाएर कारोबार गरिरहेको छ । २०६९ मंसिर देखि २०८१ जेठसम्म प्रभु मनि ट्रान्सफरको सुपर एजेन्टको रुपमा प्रभु म्यानेजमेन्टले साढे ४ हजारबाट प्रभु मनि ट्रान्सफरको रेमिट्यान्स एजेन्टको रुपमा धरौटी उठाएको थियो । जसमध्ये ३ हजार बढी सहकारीको करिब १ अर्ब रुपैयाँ धरौटी वापतको रकम फिर्ता भएको छैन । जसमध्ये ३ हजार बढी सहकारीले ९७ करोड ३७ लाख ८० हजार २१३ रुपैयाँ फिर्ता पाएका छैनन् ।

भट्टचनले विदेशबाट आएको रेमिट्यान्सको रकम भुक्तानी गर्दा लेयरिङ गर्न नै सुपर एजेन्टको रुपमा प्रभु म्यानेजमेन्ट खडा गरेका थिए । जसले सहकारीलाई सब एजेन्टको रुपमा सम्झौता गर्नुका साथै सहकारीको सफ्टवेयर बनाएर बेच्ने प्रयास पनि गरेको थियो । तर त्यो सफल हुने सकेन ।

प्रभु म्याजेमेन्टमा भट्टचनले व्यवसायिक साझेदारका रुपमा कुसुम लामालाई बनाएका थिए । अहिले कसुम लामा प्रभु म्याजमेन्टकी अध्यक्ष छिन् भने भट्टचन प्रभु म्यानेजमेन्टबाट कानुनी रुपमा बाहिरिसकेका छन् । उनले आफ्नो सेयर विभिन्न व्यक्ति हुँदै प्रभु म्यानेजमेन्टका कर्मचारीहरुको नामममा ट्रान्सफर गरेर बाहिरिएका हुन् ।

भट्टचले प्रभु म्यानेजमेन्टमा अर्का साझेदारका रुपमा तत्कालीन सहकारी विकास बोर्डका सहअध्यक्ष रहिसकेका दक्ष पौडेललाई समेत साझेदार बनाएका थिए । प्रभु म्यानेजमेन्टको व्यवस्थापन सुरुमा दक्ष पौडेल र कुसुम लामाले नै हेर्दै आएका थिए । पौडेल सहकारी विकास बोर्डमा नियुक्त भएपछि व्यवस्थापकीय नेतृत्वमा कसुम लामाले हेर्दै आएकी थिइन् ।

यस्तो छ प्रहरीमा लामाले दिएको बयान