
काठमाडौं । नेपाल प्रिमियर लिगको गत सिजन समूहचरणमा राम्रो प्रदर्शन गरेको कर्णाली याक्सले क्वालिफायरसम्मको यात्रा तय गरेको थियो । यो सिजन भने उपाधि रक्षा गर्नेमा विश्वस्त छ कर्णाली ।
कर्णाली याक्सका सहायक प्रशिक्षक राजु बस्न्यात र अलराउन्डर गुलसन झा यो सिजनको पहिलो खेलको नतिजालाई बिर्सिएर उपाधि रक्षा गर्नेमा विश्वस्त छन् ।
पहिलो सिजनमा पनि पहिलो खेल हारेर त्यसपछि राम्रो नतिजा ल्याउँदै कर्णाली तेस्रो भएको थियो । टिममा राम्रो वातावरण र खेलाडीहरु पनि सबै पक्षमा सन्तुलित रहेको सहायक प्रशिक्षक बस्न्यात बताउँछन् ।
कर्णालीका महत्त्वपूर्ण खेलाडी अलराउन्डर गुल्सन झा पनि नतिजा के भयो भन्ने भन्दा पनि मैदानमा गएपछि कसरी राम्रो गर्ने भन्ने सोचेर खेल्ने बताउँछन् ।
‘नतिजा जे पनि हुनसक्छ । तर, आफूले राम्रो दिनुपर्छ भन्ने सोचेर मैदानमा उत्रिन्छौं,’ गुल्सन भन्छन्, ‘कुनै पनि प्रतिस्पर्धामा फाइनल पुग्छौं र जित्छौं भन्ने लक्ष्य हुन्छ । कर्णाली याक्स पनि फाइल पुग्दै उपाधि रक्षा गर्न चाहन्छ ।’
कर्णाली याक्स दोस्रो सिजनको नेपाल प्रिमियर लिगको उपाधि रक्षा गर्न सबल टिम रहेको उनको भनाइ छ ।







प्रतिक्रिया