
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह मंगलबार दिउँसो जेनजीको आन्दोलनमा सहभागी हुने तयारी गरेका थिए । दिउँसो २ बजे बानेश्वर गएर जेनजीको आन्दोलनमा सहभागी हुने उनी निकटस्थहरुले बताएका थिए ।
दिउँसो साढे १ बजे बानेश्वर निस्कन लागेका बालेनले निकटस्थहरुसँग सल्ला गरे । निकटस्थहरुले ‘सुरक्षा थ्रेट छ, जे पनि हुन सक्छ’ भनेपछि बालेन बाहिर ननिस्किएका हुन् ।
‘जेनजी पुस्ताले बालेनलाई २ बजेभित्र आन्दोलनमा आउन अल्टिमेटम दिएका थिए, मेयरसाब पनि आन्दोलनमा सहभागी भएर सत्ताविरुद्व लड्ने उद्घोष गर्नु भएको थियो’ बालेन निकट स्रोतले भन्यो- ‘हामीले प्रहरीले गोली हान्न सक्छ नजानुहोस् भनेर भन्यौं, सुरुमा त जान्छु भन्दै हुनुहुन्थ्यो, पछि सम्हालिनु भयो ।’
सोमबार जेनजीको आन्दोलनमा राज्यले गरेको दमनमा १९ जनाको मृत्यू भएपछि आक्रोशित बालेनले राति प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्व अपसब्द प्रयोग गर्दै फेसबुकमा स्टाटस लेखेका थिए ।
‘तेरो भरौटेहरुको पो बा भइस्, साँच्चै नै कहिले बा हुन पाएको भए पो छोराछोरीको मृत्यूको पीडा बुज्थिस्, यस्तो आतंकबाद यो विश्वले कहिले देखेको थिएन,’ बालेनले फेसबुकमा लेखेका छन्- ‘तँ नेता त के मान्छे पनि बन्न सकिनस्, आतंकबादी होस् ।’








प्रतिक्रिया