सडकमा उत्रिए जेनजी (तस्बिरहरू)

84
Shares

काठमाडौं । काठमाडौंको माइतीघर मण्डला र संसद् भवन अगाडि ‘दी फाइनल रिभोलुसन– वी आर पञ्चिङ अप’ भन्ने नारासहित नयाँ पुस्ता, जेनजीले आज सडक आन्दोलन गरिरहेका छन् । सामाजिक सञ्जाल बन्द गरिएपछि युवाहरूले नेतृत्वविहीन तर उद्देश्यप्रस्त आन्दोलनको तयारी गरेका हुन् ।

सत्ताको मनोमानी, भ्रष्टाचार, बेथिति र अनियमितताविरुद्ध आवाज उठाउन बाध्य हुनुपरेको आन्दोलनकारी युवाले जनाएका छन् । टिकटक, फेसबुक, इन्स्टाग्राम लगायतका माध्यममा ‘नेपो बेबी ट्रेण्ड’ले नेताका छोराछोरीको विलासितालाई उजागर गर्दै जनआक्रोश बढाएको छ । यही डिजिटल आक्रोशले सडकमा उत्रिने ऊर्जा दिएको छ ।