
काठमाडौं । मंगलबार देशभरको मौसममा साधारणतया बदली रहनेछ। यसको प्रभावका कारण सुदूरपश्चिम प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र तराईका केहि स्थानमा मध्यम वर्षा हुने सम्भावना छ।
यस्तै आज राति बाग्मती प्रदेशको पहाड र सुदुरपश्चिम प्रदेशको तराइका केही स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
बुधबार भने देशभर साधारणतया बदली रहनेछ। कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा र बाँकी पहाडी र तराई को थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ।








प्रतिक्रिया