
काठमाडौं । सरकारले सामाजिक सञ्जाल टेलिग्राम बन्द गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ ।
अधिवक्ता मोनिका ध्वाखासहित चार जनाले बिहीबार सर्वोच्च अदालतमा रिट दर्ता गराएका हुन् । उक्त रिटको पेसी शुक्रबारका लागि तोकिएको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणले साउन २ गते टेलिग्राम बन्द गर्न दिएको निर्देशन कार्यान्वयन नगराउन निवेदकहरूले परमादेश, प्रतिषेध आदेशसहित अन्तरिम आदेश माग गरेका छन् । निर्देशन कार्यान्वयन नगर्न/नगराउन माग गर्दै यो मुद्दालाई प्राथमिकतामा राख्न पनि आग्रह गरिएको छ।
निवेदकले प्राधिकरणको निर्देशन संवैधानिक व्यवस्था र मौलिक हक विपरीत रहेको दाबी गरेका छन् । साथै, यो कदम विद्युतीय कारोबार ऐनको दफा ४३ समेत उल्लङ्घन हुने बताइएको छ ।
रिटमा प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय, सूचना तथा सञ्चार प्रविधि मन्त्रालय र नेपाल दूरसञ्चार प्राधिकरणलाई विपक्षी बनाइएको छ।








प्रतिक्रिया