
काठमाडौं । जिल्ला प्रशासन कार्यालय रामेछापले तामाकोशी नदी तटीय क्षेत्रका बासिन्दालाई विशेष सतकर्ता अपनाउन आग्रह गरेको छ।
अप्पर तामाकोशी हाइड्रोपावर लिमिटेड, माघिल्लो तामाकोशी जलविद्युत् केन्द्रबाट जारी सूचनाका अनुसार, २०७८ साउन ३१ गते शनिबार बिहान ५ बजेदेखि राति ८ बजेसम्म तामाकोशी जलविद्युत् केन्द्रमा जलाशय सफा गरिने भएकाले नदीको पानीको सतह आकस्मिकरुपमा बढ्न सक्ने जनाइएको छ ।
यस अवधिमा तटीय क्षेत्रका बासिन्दाहरूलाई तामाकोशी नदीमा माछा मार्न, नुहाउन, खेल्न, लुगा धुन, वस्तुभाउ जलाउन, गिटीबालुवा निकाल्न, गाडी तान्न जस्ता कुनै पनि क्रियाकलाप नगर्न/नगराउन जिल्ला प्रशासनले अनुरोध गरेको छ। साथै, नदी किनारमा परम्परा अनुसार शव दाहसंस्कार वा धार्मिक क्रियाकलाप अत्यन्तै सतर्कतापूर्वक गर्न आव्हान गरिएको छ।
प्रशासनले नदी किनारमा कुनैपनि गतिविधिमा संलग्न नहुन, आवश्यक सतर्कता अपनाउन र विपद् न्यूनीकरणका लागि सूचना फैलाउन अनुरोध गरेको छ।









प्रतिक्रिया