
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काम गर्छु भन्दा, नयाँ परिणाम ल्याउँछु भन्दा पाएका गालीप्रति आफूलाई कुनै गुनासो नभएको बताएका छन् ।
बुधबार प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाललाई चाहिने इन्धन दैलेखको भूगर्भभित्र छ, त्यसलाई उत्खनन् गर्छु भन्दा गालीको वर्षा भएको र सामाजिक सञ्जालमा ट्रोल गरिएको भन्दै असन्तुष्टी जनाए ।
ओलीले सरकारको काम आधा खाली नभइ आधा भरी भएको बताए ।
‘मेरो दावी छ, यो सरकारको काम आधा खाली हैन, आधा भरी हो’ प्रधानमन्त्रीले भने ।








प्रतिक्रिया