भक्तपुरका प्रमुख मालपोत अधिकृत साढे २४ लाख घुससहित पक्राउ, अख्तियारद्वारा मुद्दा दायर

1k
Shares

काठमाडौँ । भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुरका प्रमुख मालपोत अधिकृत कुमार आचार्यसहित दुईजनामाथि भ्रष्टाचारको मुद्दा दायर गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार आचार्य र कार्यालय सहयोगी टिकाराम राउतले भक्तपुर, चाँगुनारायण नगरपालिका–५ (साबिक चाँगुनारायण गाविस) मा रहेको १४ रोपनी ४ आना जग्गा मोही तथा लगत कट्टा गरी मोहीको नाममा जग्गाधनी प्रमाण पुर्जा बनाइदिने बहानामा सेवाग्राहीसँग २४ लाख ५० हजार रुपैयाँ घुस मागेको आरोप छ ।

आयोगले विशेष अदालतमा दायर गरेको अभियोगपत्रमा उनीहरूलाई मोबाइल डिभाइस र २४ लाख ५० हजार रुपैयाँ घुस रकमसहित नियन्त्रणमा लिइएको उल्लेख छ ।

अनुसन्धानबाट आचार्य र राउतको मिलेमतोमा जग्गाको मोही बाँडफाँड/नामसारी प्रक्रिया सहज बनाइदिने भनेर घुस लिएको पुष्टि भएको आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए ।