पुर्जा बनाउन १३ हजार घुस लिएका कलंकी नापीका कार्यालय सहयोगी पक्राउ

952
Shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय कलंकीका कार्यालय सहयोगी एकेन्द्र कुँवरलाई १३ हजार घुससहित पक्राउ गरेको छ ।

चन्द्रागिरि नगरपालिका–१३ मा रहेको जग्गा हालसाविक गरी नयाँ पुर्जा बनाउने प्रयोजनका लागि सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचनाका आधारमा आयोगको केन्द्रीय कार्यालय टंगालबाट गएको टोलीले सोमबार कुँवरलाई पक्राउ गरेको हो ।

आयोगले नापी कार्यालय कलंकीका कार्यालय प्रमुखको मोबाइल डिभाइस दुई थान, सर्भेक्षकको मोबाइल एक थान र कार्यालय सहयोगी कुँवरको मोबाइल एक थानसहित पक्राउ गरेको छ । आरोपी कुँवरको थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।