
काठमाडौं । सिन्धुली जिल्लाको गोलन्जोर गाउँपालिका–६, भण्डास बिप्पर कटेरीस्थित एकै परिवारका १६ जना बेपत्ता छन् ।
स्थानीय वडाध्यक्ष रविन श्रेष्ठका अनुसार बेपत्ता हुनेहरू सीमान्तकृत समुदायका उर्मिला हायुको परिवारका सदस्य हुन् । उनीहरू सामाजिक सुरक्षा भत्ता बुझेर घर फर्किएपछि सम्पर्कविहीन भएका हुन् ।
प्रहरीका अनुसार बेपत्ता हुनेमा एक वर्षे बालकदेखि ५२ वर्षीया महिला समेत छन्। हालसम्म उनीहरू कहाँ र कसरी हराए भन्ने विषयमा स्पष्ट हुन सकेको छैन। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
बेपत्ता हुने हायु परिवारका सदस्यहरूको विवरण:
१) वर्ष ५२ की उर्मिला हायु (आमा)
२) वर्ष २७ की कमला हायु (छोरी)
३) वर्ष २३ की कोमल माया हायु (बुहारी)
४) वर्ष २२ की उषा हायु (छोरी)
५) वर्ष १९ की सुजता हायु (छोरी)
६) वर्ष १८ की अस्मिता हायु (छोरी)
७) वर्ष १२ की सान्ता हायु (छोरी)
८) वर्ष २९ को राजु हायु (छोरा)
९) वर्ष २४ को हिमाल हायु (छोरा)
१०)वर्ष १६ को लाल बहादुर हायु ( छोरा)
११) वर्ष १४ को बेग बहादुर हायु ( छोरा)
१२) वर्ष ११ को लक्की हायु (छोरा)
१३) वर्ष १२ को सुवर्ण हायु (छोरा)
१४) वर्ष १० की ओम कुमारी हायु (छोरी)
१५) वर्ष १ को अर्जुन हायु (नाती)
१६) वर्ष ४ की रियासा हायु ( नातिनी )









प्रतिक्रिया