नेपाल टेलिकमको इन्टरनेटमा समस्या, सेवा पुनस्थापनाको काम जारी: टेलिकम

245
Shares

काठमाडौं । नेपाल टेलिकमको इन्टरनेटमा मंगलबार विहानैदेखि समस्या देखिएको छ ।

टेलिकमले अन्तर्राष्ट्रिय सेवा प्रदायकहरुबाट इन्टरनेट सेवा खरिद गरी ग्राहकवर्गमा सेवा प्रदान गर्दै आएकोमा मंगलबार विहान साढे एक बजेदेखि एउटा सेवाप्रदायकको नेटवर्कमा समस्या उत्पन्न भएको छ । त्यसको चाप अरु वैकल्पिक सेवामा परेको कारण इन्टरनेटको स्पीडमा समस्या भएको टेलिकमले जानकारी दिएको छ ।

एउटा सेवाप्रदायमा भएको समस्याले सम्पूर्ण ट्राफिकहरु वैकल्पिक सेवाप्रदायकबाट सञ्चालनमा आएको छ । बैकल्पिक सेवाको लिङ्कमा चाप पर्दा टेलिकमको इन्टरनेट सेवाको स्पीडमा केही समस्या उत्पन्न भएको र तत्काल समस्या समाधान गरी सेवा पुनर्स्थापनाको प्रयास जारी रहेको नेपाल टेलिकमले जानकारी दिएको छ ।

टेलिकमले अप्रत्याशित रुपमा सिर्जित परिस्थितिका कारण सेवामा समस्या उत्पन्न भएर ग्राहकवर्गमा पर्न गएको असुविधा प्रति क्षमासमेत मागेको छ ।