
काठमाडौं । पूर्वअर्थमन्त्री एवं नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले हतारहतारामा बैंक तथा वित्तीय संस्था सम्बन्धी विधेयक (बाफिया) पास गर्दा सुखद् परिणाम नआउने बताएका छन् ।
बिहीवारको अर्थ समितिमा भएको बाफिया सम्बन्धी विधेयकमाथिको छलफलमा भाग लिँदै उनले गम्भीरताका साथ अन्तर्राष्ट्रिय प्रचलनअनुसार कानूनहरु निर्माण गर्नुपर्ने र त्यसबाट मात्रै अर्थतन्त्र बलियो हुने बताए ।
सांसद कार्कीकाअनुसार अर्थतन्त्र सुधारोन्मुख गराउन बाफिया विधेयकमाथि व्यापक रुपमा नयाँ ढंगले छलफल गरेर जानुपर्छ । मुलुकको अर्थतन्त्र कृषिमा आधारित रहेको भन्दै नउले चामलमा आत्मनिर्भर बनाउन कृषिमा कसरी लगानी गर्नसक्छौं त्यसबारे सोच्नुपर्ने बताए ।
‘बाफियामा व्यापाक सुधार गरेर गर्नुपर्छ । जसले मुलुकको सुस्त रुपमा रहेको अर्थतन्त्रलाई गति दिन सक्नुपर्छ । न्युन स्तरका कृषक, स्टार्टअपलाई कर्जा दिएर कसरी दिन सकिन्छ यसबारे सोच्नुपर्छ । गभर्नरसहित अर्थमन्त्रीलाई राखेर आवशिय कार्यक्रम राखेर वाफिया विधेयकमा छलफल गर्नुपर्छ,’ उनले भने, ‘ बैंकमाथि जनताको भरोसा बढेर जानुपर्छ । यसमा ह्रास आयो भने राज्य फेल हुन्छ । बैंकमा तरलता छ तर कुनै व्यवसायी पैसा लिएर व्यवसायमा लगानी गर्न हिच्कीएका छन् । जबसम्म उद्यमी व्यवसायीले पैसा लिने वातावरण लिदैनन् । तबसम्म अर्थतन्त्र बलियो हुन सक्दैन ।’
उनले ऋण लिन अहिले पनि जनतालाई सहजता नरहेको बताउए। सांसद कार्कीकाअनुसार एक करोड तल ऋण लिन बैंकमा जनता जाँदा पाउन कठिन भइरहेको र धितोका नाममा धेरै दुःख दिने काम भइरहेको बताए ।








प्रतिक्रिया