
काठमाडौं । नेपालले अध्यागमन विभागमार्फत इरानका नागरिकलाई ‘अन अराइभल भिसा’ नदिने निर्णय गरेको छ ।
नेपाल भ्रमण गर्न चाहने इरानका नागरिकले अब नेपाल प्रवेश गर्नुअघि विदेशस्थित नेपाली दूतावासबाट अनिवार्य रूपमा भिसा लिनुपर्ने भएको विभागले जनाएको छ ।
सरकारी र कूटनीतिक राहदानीबाहेकका इरानी नागरिकलाई नेपाल प्रवेश गर्दा ‘अन अराइभल भिसा’ उपलब्ध नहुने व्यवस्था गरिएको हो ।
यस निर्णयसँगै नेपालले ‘अन अराइभल भिसा’ नदिने मुलुकको संख्या १३ पुगेको छ । यसअघि नै नाइजेरिया, घाना, जिम्बाबे, क्यामरुन, स्वाजिल्यान्ड, सोमालिया, लाइबेरिया, इथियोपिया, इराक, प्यालेस्टाइन, अफगानिस्तान र सिरियाका नागरिकलाई नेपालले ‘अन अराइभल भिसा’ उपलब्ध गराउँदै आएको छैन ।
यसैगरी शरणार्थी हैसियतमा रहेका व्यक्तिहरूले पनि नेपाल आउनुअघि भिसा लिएर मात्र प्रवेश गर्न पाउने व्यवस्था यथावत् रहेको विभागले जनाएको छ ।







प्रतिक्रिया