
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति समवेदना व्यक्त गरेका छन् ।
शुक्रबार ओलीका बुवाको निधनपछि शाहले सामाजिक सञ्जालमार्फत दुःख व्यक्त गर्दै समवेदना जनाएका हुन् ।
बालेनले पिताजस्तो रक्षक, पिताजस्तो गुरु र पिताजस्तो देवता कोही नहुने उल्लेख गरेका छन्। ‘पात्र एक, भूमिका अनेक’ भन्दै उनले पिताले जीवनमा अनेक जिम्मेवारी र भूमिका निर्वाह गर्ने बताएका छन् ।
केही समयअघि मात्रै आफूले पनि पिता गुमाएको स्मरण गर्दै उनले पिताको अनुपस्थितिले जीवनमा ठूलो रित्तोपन र अपूरणीय अभाव ल्याउने अनुभव आफूलाई भएको उल्लेख गरेका छन्।
शाहले ओलीका दिवंगत पिताप्रति श्रद्धाञ्जली अर्पण गर्दै आत्माको वैकुण्ठवासको कामना समेत गरेका छन् ।
यस्तो छ बालेनको स्टाटस
नास्ति पितृसमं त्राता, नास्ति पितृसमो गुरुः।
नास्ति पितृसमं दैवं, तस्मै श्रीपितृदेवाय नमः॥
पिताजस्तो रक्षक कोही छैन, पिताजस्तो गुरु कोही छैन, पिताजस्तो देवता पनि कोही छैन। ‘पात्र एक, भूमिका अनेक।’
केही समय अघि मात्रै पिता गुमाएकाले मलाई महसुस छ-पिताको अनुपस्थितिले जिन्दगीमा कति रित्तोपन ल्याउँछ, कस्तो अपूरणीय अभाव ल्याउँछ।
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीज्यूलाई पर्न गएको पितृशोकमा हार्दिक समवेदना व्यक्त गर्दछु। पिताजीप्रति हार्दिक श्रद्धाञ्जली, वैकुण्ठवास होस्।







प्रतिक्रिया