
काठमाडौं । डेपुटी गभर्नर बमबहादुर मिश्रले कायममुकायमको जिम्मेवारी पाएका छन् । गभर्नर डा. विश्वनाथ पौडेल एक कार्यक्रममा सहभागी हुन स्विट्जरल्यान्ड जाँदा कामुको जिम्मेवारी मिश्रलाई तोकिएको हो ।
अर्का डेपुटी गभर्नर डा. नीलम ढुंगाना तिम्सिना बंगलादेश भ्रमण छिन् । मिश्रले पहिलोपल्ट कामुको जिम्मेवारी पाएका हुन् ।
गभर्नर पौडेल बैंक फर इन्टरनेसनल सेटलमेन्टको कार्यक्रममा सहभागी हुन स्विट्जरल्यान्ड गएका हुन् ।








प्रतिक्रिया