सरकारीसहित तीन बैंकले घटाएर ब्याजदर, एउटाले बढाउँदा अधिकांशको यथावत

63
Shares


काठमाडौं । वैशाख महिनामा एउटा बैंकले बचतकर्तालाई दिने ब्याज बढाएको छ भने तीन वटाले घटाएका छन् ।

वैशाखमा बैंकले मुद्दति निक्षेपमा दिने ब्याजदर औषतमा ५.९७ प्रतिशत रहेको छ । जुन चैत महिनामा पनि यति नै थियो ।
अझै पनि १६ वटा बैंकले बचतकर्तालाई दिने ब्याज चैत महिनाको तुलनामा वैशाखमा थपघट गरेका छैनन् ।

१६ वटा वाणिज्य बैंकले वैशाख महिनाको लागि चैतकै मुद्दति निक्षेपको ब्याजदरलाई कायम राखेका छन् । २० मध्ये १६ बैंकको ब्याजदर यथावत हुदा सानिमा, कुमारी र नेपाल बैंकको ब्याजदर घटेको छ भने एभरेष्ट बैंकको बढेको छ । ब्याजदर घटाउनेमा सरकारी स्वामित्वमा नेपाल बैंक समेत रहेको छ ।

बैंकिङ प्रणालीमा अधिक तरलता हुँदा कर्जाको माग बढन सकेको छैन । कर्जाको माग नहुँदा ब्याजदर न्यून बिन्दुमा छ । न्यून ब्याजदर लगानीकर्ताको लागि उपयुक्त अवसर भएपनि त्यो सदुपयोग हुन सकेको छैन ।

chart visualization