
काठमाडौं । पोखरा फाईनान्सले २८औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
संस्थाका अध्यक्ष राज कुमार गुरुङले वित्तीय संस्थाका सञ्चालक प्रतिक गुरुङलाई ब्लड ब्याग हस्तान्तरण गरी शुभारम्भ गरे । कार्यक्रममा संस्थाका कर्मचारी र सर्वसाधारणले रक्तदान गरेका थिए ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत प्रकाश गुरुङले संस्थाले ठुलो संख्यामा ग्राहकहरुलाई अत्याधुनिक बैकि∙ सुविधा सहितको सेवा प्रदान गर्नुका साथै संस्थागत सामाजिक उत्तरदायित्वको कामहरुमा समेत सहभागीता जनाएको बताए ।
संस्थाले सामाजिक कार्यहरुलाई उच्च प्राथमिकता दिदै अघि बढिरहेको जनाएको छ ।
प्रतिक्रिया