जेठदेखि लघुवित्तले दिने ऋणको ब्याजदर बेसरेटमा प्रिमियम जोडेर तय हुने

756
Shares

काठमाडौं । लघुवित्त वित्तीय संस्थाहरुमा पनि राष्ट्र बैंकले आधार दर कार्यान्वयनमा ल्याउने भएको छ । राष्ट्र बैंकले मंगलतबार चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा सार्वजनिक गर्दै यहि आर्थिक वर्षबाट लघुवित्तले कर्जाको ब्याजदरलाई आधार दरसाँग आवद्ध गर्नुपर्ने व्यवस्था गरेको हो ।

‘लघुवित्त वित्तीय संस्थाहरुको कर्जाको ब्याजदर २०८२ जेठदेखि आधार दरसँग आवद्ध गरी तय गर्नुपर्ने व्यवस्था गरिनेछ ,’ मौद्रिक नीतिमा भनिएको छ ।

लघुवित्तको बेसरेट गणना र प्रिमियम निर्धारण कसरी हुने भन्ने निर्देशन जारी गरेको छैन । अब केन्द्रिय बैंकले सर्कुलर जारी गरेर यो अस्पष्टता चिर्नेछ ।