बैंकहरुमा ऋणको माग बढ्न सकेन, ३० अर्ब खिच्दै राष्ट्र बैंक


काठमाडौं । बैंकहरुमा ऋणको माग बढ्न नसकेर अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले आइतबार ३० अर्ब तरलता प्रशोचन गर्ने भएको छ । बैंकिङ प्रणालीमा भएको अधिक तरलता निक्षेप संकलन उपकरणबाट बोलकबोलमार्फत प्रशोचन गर्ने भएको हो ।

निक्षेप संकलन उपकरण बोलकबोलमार्फत २१ दिनको लागि ३० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्न लागिएको केन्द्रीय बैंकले जनाएको छ । ऋण लगानी गर्न नसकेपछि बैंकहरुले साढे २ खर्ब रुपैयाँ राष्ट्र बैंकमा बैंकहरुले राखेको छन् । आइतबार थप पैसा बजारबाट केन्द्रीय बैंकले तान्ने भएको हो ।

बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको सुरुवातबाट नै निरन्तर रुपमा तरलता खिचिरहेको छ । स्थायि निक्षेप सुविधा र निक्षेप संकलन उपकरणमार्फत केन्द्रीय बैंकले बैंकिङ प्रणालीबाट तरलता खिच्दै आएको छ ।

चालु आर्थिक वर्षमा हालसम्म १४६ खर्ब ६८ अर्ब २० करोड तरलता प्रशोचन भएको केन्द्रीय बैंकले जनाएको छ । निक्षेप संकलन बोलकबोल मार्फत १७ खर्ब १९ अर्ब ५५ करोड र स्थायि निक्षेप सुविधामार्फत १२९ खर्ब ४८ अर्ब ६५ करोड तरलता प्रशोचन गरेको हो । राष्ट्र बैंकले ४६ पटकमा २५ खर्ब १० अर्बको निक्षेप संकलन बोलकबोल गरेकोमा १७ खर्ब १९ अर्ब ५५ करोड तरलता प्रशोचन गरेको हो ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा ब्याजदर करिडोरको प्रभावकारी कार्यान्वयनमार्फत अन्तरबैंक ब्याजदर नीतिगत दरको हाराहारीमा कायम राख्ने घोषणा गरेको थियो । तर, केन्द्रीय बैंकले भारित औसत अन्तरबैंक दरलाई निक्षेप संकलन दरको हाराहारीमा मात्रै कामय राख्न सफल भएको छ ।

केन्द्रीय बैंकले निरन्तर रुपमा निक्षेप संकलन दरमा स्थायी निक्षेप सुविधामार्फत् दरता प्रशोभन गरिरहेको छ । त्यसका साथै निक्षेप संकलन बोलकबोलमार्फत पनि तरलता प्रशोचन गरेको छ । तर, निरन्तर अधिक तरलता रहेको अवस्थामा अपेक्षित रुपमा कर्जाको माग नभएको र बैंकहरुसँग वैकल्पिक लगानीका क्षेत्र नहुँदा केन्द्रिय बैंकमा निक्षेप राख्नुपर्ने अवस्था छ । जसले चालु आर्थिक वर्षको सुरुवातबाट नै अन्तरबैंक ब्याजदर ३ प्रतिशतभन्दा माथि लाग्न सकेको छैन । जबकी मौद्रिक नीतिमा नीतिगत दर ५ प्रतिशत तोकिएको छ ।

नेपाल राष्ट्र बैंकका २४ माघको तथ्यांक अनुसार बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि राष्ट्र बैंकले प्रशोचन गरेको बक्यौता २ खर्ब ४९ अर्ब ५५ करोड रहेको छ । आइतबार थप ४० अर्ब खिच्न लागेको हो ।