काठमाडौं । पोखरा फाइनान्सले प्राप्ति/समाहित, गाभ्ने वा गाभिनका लागि समिति गठन गरेको छ ।
बुधबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले उक्त समिति ठगन गरेको फाइनान्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रवि चन्द्र गुरुङले बताए ।
उनका अुनसार फाइनान्सले स्वतन्त्र सञ्चालक तिल बहादुर गुरुङको संयोजकत्वमा २ सदस्यीय समिति गठन गरेको छ । समितिमा अर्का सदस्य प्रतिक गुरुङ रहेका छन् ।
चालु आर्थिक वर्षको पुस मसान्तसम्म पोखरा फाइनान्सको प्राथमिक पुँजीकोष अनुपात (टियर वान ३.१७) प्रतिशत ऋणात्मक छ ।
पुस मसान्तसम्म ६३ करोड ७९ लाख ६४ हजार रुपैयाँ ऋणात्मक छ ।
फाइनान्सको खुद ब्याज आम्दानी १४ करोड ३० लाख ८० हजार रुपैयाँ रहेको छ । यस्तै सञ्चालक नाफा ९५ करोड ७९ लाख २२ हजार रुपैयाँ ऋणात्मक छ । पुस मसान्तसम्म वितरणयोग्य नाफा १ अर्ब ५५ करोड २० लाख ९४ हजार रुपैयाँ ऋणात्मक छ ।
फाइनान्सको रिटेर्न अर्निङ १ अर्ब ५५ करोड २० लाख ९४ हजार रुपैयाँ ऋणात्मक रहेको छ । गत आवको सोही अवधिमा ४६ करोड ८८ लाख ३२ हजार रुपैयाँ ऋणात्मक रहेको थियो । १ अर्ब ८ करोड २५ लाख ५६हजार रुपैयाँ चुक्ता पुँजी रहेको फाइनान्सको जगेडा कोषमा १ अर्ब ५ करोड ३७ लाख ४१ हजार रुपैयाँ रहेको छ ।
बैंक तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक कारबाही २०७४ अनुसार पुँजीकोष ७५ प्रतिशतभन्दा कम भएमा समस्याग्रस्त घोषणा गर्न सकिने व्यवस्था छ । टियर १ ऋणात्मक हुँदा नेपाल राष्ट्र बैंक ऐन दफा ८६ अनुसार कारबाही हुन्छ ।
फाइनान्सलाई राष्ट्र बैंकले अघिल्लो साता नै किन समस्याग्रस्त घोषणा नगर्ने भनेर स्पष्टीकरण सकेको छ । फाइनान्सको कुन वाणिज्य बैंकमा कति निक्षेप छ भनेर सबै बैंकसँग विवरण समेत माग गरेको छ ।
प्रतिक्रिया