सम्पूर्ण अपडेट

रवि लामिछानेलाई श्रीमती निकिताको जिम्मामा छोडियो, बिहीबार फेरि अदालतमा उपस्थित हुनुपर्ने



बुटवल। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई श्रीमती निकिता पौडेलको जिम्मामा भोलि फेरि अदालतमा उपस्थित हुनेगरी छोडिएको छ । रुपन्देही जिल्ला अदालतले बुधबार लामिछानेलाई थुनामा राख्न नपर्ने आदेश गरेको हो ।

न्यायाधीश प्रह्लादकुमार योगीको इजलासमा लिइएको बयान साँझ सकिएपछि भोलि थुनछेक बहस हुने भएको छ । आदेशमा लामिछानेलाई भोलि बिहान १० बजे उपस्थित हुने गरी कानुन व्यवसायी र परिवारको जिम्मा लगाइको हो ।

भोलि सुरुमा सरकारी वकिलको तर्फबाट बहस हुनेछ भने त्यसपछि लामिछानेको पक्षका कानुन व्यवसायीहरूले बहस गर्नेछन् । बुटवलको सुप्रिम सहकारी अपचलनको मुद्दा रविसहित २२ जनाविरुद्ध मुद्दा परेको थियो ।