सामाजिक सञ्जालका गतिविधि नियन्त्रण गर्ने विधेयक संसदमा दर्ता गर्नेसहित यी हुन् सरकारका १५ निर्णय


काठमाडौं । सामाजिक सञ्जालका गतिविधि नियन्त्रण गर्ने विधेयक संसदमा पेश हुने भएको छ । सरकारले सामाजिक सञ्जालको सञ्चालन, प्रयोग र नियमन गर्ने विधेयक संघीय संसदसमक्ष पेश गर्न लागेको हो ।

गत सोमबार बसेको मन्त्रिपरिषदको वैठकले सामाजिक सञ्जालको सञ्चालन, प्रयोग र नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१ संसदमा पेश गर्न स्वीकृत दिने निर्णय गरेको हो ।

सरकारको यो कदमसँगै नेपालमा सामाजिक सञ्जाललाई सरकारले पूर्णरुपमा नियमन गर्न पाउने छ । संसदबाट विधेयक अनुमोदन भएको खण्डमा ऐन बन्नेछ । त्यसपछि सामाजिक सञ्जालको गतिविधिलाई सरकारले प्रत्यक्ष निगरानी गर्ने छ ।

७ गते बसेको मन्त्रिपरिषदको वैठकले कुल १५ निर्णय गरेको छ ।

यस्ता छन् मन्त्रिपरिषदका अरू निर्णयः