काठमाडौं । पूर्वडिआइजी छविलाल जोशीलाई धरौटीमा छाड्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ ।
काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा पूर्वडिआइजी जोशीलाई ५० लाख रुपैयाँ धरौटीमा छाड्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको हो ।
न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले सोमबार थुनछेक आदेश दिँदै जोशीलाई धरौटीमा छाड्न आदेश दिएको हो ।
जोशीमाथि ५ करोड ७८ लाख ९६ हजार चार सय ८० रुपैयाँ बिगो माग गर्दै मुद्दा दर्ता भएको थियो ।
यसअघि कास्कीको पोखरास्थित सूर्यदर्शन सहकारीको मुद्दामा कास्की अदालतले जोशीलाई ८८ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो ।
यसअघि काठमाडौं जिल्ला अदालतले सोही मुद्दामा रवि लामिछानेलाई पनि धरौटीमा छाड्न आदेश दिएको थियो ।
प्रतिक्रिया