मासु पकाउने जिम्मा मेरै भागमा आउँछ, मिठो पकाइस् भन्छन्: कृष्णप्रसाद न्यौपाने (भिडियो)



काठमाडौं । सिद्धार्थ हस्पिटालिटी ग्रुपका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णप्रसाद न्यौपानेलाई दशैं भन्ने वित्तिकै केटाकेटी बेलाको याद आउँछ ।

उनले केटाकेटी उमेरमा दशैं मनाएको सम्झना गर्दै भने, ‘गाँउ नजिकै छत्रादेवीको मन्दिर छ । त्यहाँ पूर्णिमाको दिन जाने र त्यो ठाउँमा मिठाइ ठगेर खाएको याद आउँछ‍ ।’

केटाकेटी बेलाको दशैं निकै रमाइलो हुने गरेको उनले स्मरण गरे ।

२०६० पछि हरेक वर्ष दशैंमा गाउँ जाने, साथीभाई भेट्ने रमाइलो गर्ने गरिएको उनले बताए । गाँउमा दशैंको समयमा गएर गरिएको रमाइलो चाहीँ वर्षभरिकै लागि व्याट्री चार्ज भए सरहको फूर्तिलो बनाउने उत्साहको रुपमा न्यौपानेले दशैंलाई लिएका छन् ।

न्यौपाने भन्छन्, ‘कुनै गाउँघरमा रमाईलो गरेर बिताएको व्यक्ति अमेरिकाको राष्ट्रपति नै भएछ भने पनि उनलाई गाउँघरको बालापनको यादले रोमाञ्चित पक्कै बनाउँछ ।’

दशैं मात्रै नभएर अन्य चाडबाडमा पनि मासु पकाउने जिम्मा आफ्नो भागमा गर्ने गरेको न्यौपानेले बताए । उनी थप्छन्, ‘म आफैं पकाउन रमाउँछु । पकाउँछु पनि । म चाहिँ घरमा माछा मासु पकाउनेमा पहिलो नम्बरमा पर्छ । खानेले पनि मैले पकाएको मासु मिठो हुन्छ भन्छन् ।’


क्लिकमान्डु