ओलीको बिरोधमा नारा लगाउने व्यक्ति ज्यान मुद्दाका फरार अभियुक्त



काठमाडौं । संविधान दिवसको अवसरमा बिहीबार आयोजित नेसनल डे कन्सर्टमा हुलहुज्जत गरेको आरोपमा पक्राउ परेका व्यक्ति ज्यान मुद्दामा फरार अभियुक्त भएको खुलासा भएको छ।

उक्त कन्सर्टमा धकेलाधकेल र अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको थियो ।

तिलक खड्का नाम गरेका व्यक्ती ज्यान मुद्दामा फरार रहेको पाइएको प्रहरीले जनाएको छ ।

उनीविरूद्ध प्रहरी वृत्त दरबारमार्गबाट तीन महिनाअघि मुद्दा चलेको थियो । त्रिचन्द्र क्याम्पसमा तीन महिना अगाडि सोही क्याम्पस पढ्ने प्रवेश लामालाई ‘नक’ ले प्रहार गरेर घाइते बनाएको आरोपमा खड्काविरुद्ध ज्यान मुद्दाको जाहेरी परेको थियो ।

पक्राउ परेका खड्कासहितका अन्य केही व्यक्तिले प्रधानमन्त्ती केपी शर्मा ओलीविरुद्ध नाराबाजी गरेका थिए ।

काठमाडौं महानगरपालिकाका मेयर बालेनको पक्षमा नारा लगाउँदै ओलीविरुद्ध उनीहरुले नाराबाजी गरेको आरोप छ

साँझमा प्रधानमन्त्री आएर सम्बोधन गर्ने बेला प्रधानमन्त्री ओलीको नाम लिएर अश्लील नाराबाजी र हुटिङ गरेपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो । पक्राउ पर्ने बेला उनीहरूले बालेन ! बालेन ! भन्दै नारा लगाएका थिए ।


क्लिकमान्डु