प्रकाशमान सिंहलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अमेरिका प्रस्थान गरेका छन् । न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा जारी संयुक्त राष्ट्रसङ्घ महासभाको ७९ औँ अधिवेशनमा भाग लिन त्यसतर्फ प्रस्थान गरेका छन् ।

शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै प्रधानमन्त्री ओली नेतृत्वको टोली कतारको दोहा हुँदै अमेरिकाको न्युयोर्क प्रस्थान गरेको हो । प्रधानमन्त्री ओलीसहित पत्नी राधिकार शाक्य,प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मन्त्रालयकी सचिव सेवा लम्साल लगायत अमेरिका उडेका छन् ।

प्रधानमन्त्री ओली अमेरिका उडेसँगै कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले पाएका छन् । प्रधानमन्त्री ओलीपछिको वरीयतामा रहेका सिंहले कार्यवाहकको जिम्मेवारी पाएका हुन् ।


क्लिकमान्डु