दरबारमार्गको कन्सर्टमा बालेनको पक्षमा नारा लगाउने युवामाथि हातपात



काठमाडौं । दरबारमार्ग आयोजना भएको ‘नेशनल डे कन्सर्ट’मा महानगरपालिकाका मेयर बालेन शाहका समर्थकमाथि हातपात भएको छ।

कन्सर्टमा पुगेका केहीले बालेनको पक्षमा नारा लगाएपछि उनलाई अर्को समूहले हातपात गरेको हो ।

बिहीबार अपराह्न ४ बजेदेखि सुरु भएको कन्सर्टमा ‘बालेन ! बालेन !’ भन्दै नारा लगाउन थालेपछि ति युवामाथि हातपात भएको प्रत्यक्षदर्शीको भनाइ छ ।

नागरिक स्तरबाट आयोजित कन्सर्ट सञ्चालन गर्न सरकारले समन्वय र सहजीकरण गरेको छ । उक्त कन्सर्टमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने जनाइएको छ । हिजोदेखि दरबारमार्ग क्षेत्रमा सवारी आवागमन बन्द गरिएको छ ।

कन्सर्टमा ठूलो संख्यामा युवाहरु राष्ट्रिय झण्डासहित उपस्थित भएका छन्।

कन्सर्टमा प्रमोद खरेल, सुगम पोखरेल, आनन्द कार्की, कुन्ती मोक्तान, देविका बन्दना, सुगम पोखरेल, दीपक लिम्बू, सुवानी मोक्तान लगायतले प्रस्तुती दिने छन् ।


क्लिकमान्डु