पार्टीभन्दा माथि उठेर सहकारीमा छानबिन गरेका छौं, दोषीलाई अपराधको भागी बनाउन सिफारिस गरिएको छ: सूर्य थापा



काठमाडौं । सहकारी ठगीबारे छानबिन गर्न गठित संसदीय विशेष समितिका सभापति सूर्य थापाले दलभन्दा माथि उठेर छानबिनमा दोषी पाइएकाहरुलाई कारबाहीको सिफारिस गरिएको बताएका छन् ।

समितिले साढे तीन महिना अध्ययन र छलफलपछि तयार पारेको प्रतिवेदनमा सोमबार दिउँसो हस्ताक्षरपछि सभापति थापाले दलभन्दा माथि उठेर समितिले मेहेनतका साथ काम गरेको बताए।

उनले ६६वटा बैठक र गहन अध्ययन गरेर तथ्य केलाउने काम समितिले गरेको बताए ।

‘अनियमितताका बारेमा छलफल गरेका छौँ । ६६ बैठक, गहन अध्यनन गरेका छौँ, तथ्य केलाउने काम गरेका छौँ,’ थापाले भने, ‘दोषीलाई अपराधको भागी बनाउन सिफारिस गरिएको छ ।’

आजको संसद बैठकमा प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ । बैठक अहिले बसिरहेको छ ।


क्लिकमान्डु