नागढुंगामा पहिरो, सडक दुईतर्फी बन्द



काठमाडौं । काठमाडौंको मुख्य नाका नागढुंगा नजिकै पहिरो झरेपछि दुईतर्फी राजमार्ग अवरुद्ध भएको छ ।

आज बिहान १० बजेदेखि ढुंगामाटो र रुखसहित ठूलो पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको हो ।

नागढुंगाका प्रहरी निरीक्षक हेम थपलियाका अनुसार सडकमाथिबाट ढुंगा खस्ने क्रम रोकिएको छैन ।

ढुंगा खसिरहेकोले काठमाडौं-नागढुंगा सडक दुईतर्फी बन्द गरिएको उनले बताए ।

‘पहिरो पनछ्याउन २ तर्फी डोजर तयार रहे पनि पहिरो खसी रहेको हुनाले काम भने सुरु भएको छैन,’ उनले भने, ‘ ढुंगा खस्ने क्रम रोकिएपछि मात्रै पहिरो पन्छाउने काम शुरू हुनेछ।’


क्लिकमान्डु