क्लब नोभामा ‘बलिउड मेलोडी किङ’ अभिजित भट्टाचार्यको लाइभ कन्सर्ट हुने

28
Shares

काठमाडौं । चर्चित पार्श्व गायक अभिजित भट्टाचार्य पहिलो पटक नेपालको मञ्चमा प्रस्तुति दिने भएका छन् ।

‘लाइभ कन्सर्ट इन नेपाल-अभिजित भट्टाचार्य’ आगामी जुन २० मा ठमेलस्थित क्लब नोभामा हुने भएको छ ।

लाइभ कन्सर्ट साँझ ७:३० बजेबाट सुरु हुने आयोजकले जनाएको छ ।

उनले कालजयी गीतहरू: मै कोही यैसा गीत गाउँ , तुम दिल कि धड्कन मै, मेरे खयालोकी मल्लिका जस्ता हजारौं गीतहरू गाएका छन् ।

नेपाल सांगीतिक संघको आयोजनामा हुन लागेको कन्सर्टको व्यवस्थापनको जिम्मा साधना कला केन्द्रले लिएको छ ।

यो कार्यक्रम बीबीटीएम फाउन्डेसनको हितमा आयोजित एक परोपकारी (च्यारिटी) कन्सर्ट हो । 

भारतका ए-क्लास संगीतकारहरूको साथमा अभिजितले आफ्ना कालजयी हिन्दी गीतका साथसाथै नेपालीहरूको मन छुने नेपाली गीतहरू पनि प्रस्तुत गर्नेछन् ।

कार्यक्रमको आधिकारिक टिकेटिङ पार्टनर सीटी पे हो । आयोजकले अग्रिम टिकट बुकिङ सुरू भइसकेको जानकारी गरेको छ । ‘अर्ली बर्ड अफर’ सुरू गरेर कम्पनीले टिकेट बुकिङको सुविधा दिइरहेको जनाएको छ ।

आयोजकका अनुसार स्ट्यान्डिङ डान्सिङ फ्लोरको टिकट २ हजार रुपैयाँ र स्ट्यान्डिङ भीआईपी फ्लोरको टिकट ४ हजार रुपैयाँमा उपलब्ध गराइएको जनाएको छ । 

यो टिकट शुल्क नियमित मूल्यमा सीमित समयका लागि दिइएको छुट हो ।  यसका साथै भीभीआईपी, भीआईपी लगायतका टेबल प्याकेजहरू पनि उपलब्ध छन् ।