
काठमाडौं । कामना सेवा विकास बैंकले सैनामैना नगरपालिका– १०, रुपन्देही स्थित पशुपति माध्यमिक विद्यालयलाई डस्टबिन हस्तान्तरण गरेको छ ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखा कार्यालय सालझण्डी मार्फत विद्यालयलाई सहयोग गरेको हो ।
बैंकका बुटवल क्षेत्र प्रमुख हेमन्त बाबु आचार्यले विद्यालयका प्रधानाध्यापक हरि प्रसाद थापालाई १२ थान डस्टबिन हस्तान्तरण गरे ।
स्वच्छ विद्यालय, स्वस्थ विद्यार्थी र सफा समाज निर्माणका लागि फोहोर व्यवस्थापन अत्यन्त आवश्यक विषय रहेको तथा विद्यालयमा वितरण गरिएका डस्टबिनहरूले विद्यार्थीहरूमा सरसफाइको संस्कार विकास गर्न, वातावरणीय सचेतना अभिवृद्धि गर्न तथा विद्यालय परिसरलाई स्वच्छ राख्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास प्रधानाध्यापक थापाले व्यक्त गरे ।
आर्थिक रूपमा कमजोर, गरिब तथा विपन्न समुदायका विद्यार्थीहरू अध्ययनरत विद्यालयमा यस्ता आधारभूत सरसफाइ सामग्रीको अभाव रहने भएकाले डस्टबिन वितरण कार्यक्रमले विद्यालयको सरसफाई व्यवस्थापनलाई थप प्रभावकारी बनाउने विश्वास बैंकका बुटवल प्रदेश प्रमुख आचार्यले व्यक्त गरे ।









प्रतिक्रिया