धितोपत्र बोर्डका सञ्चालकमा महासंघका महानिर्देशक अवस्थी



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका महानिर्देशक तथा पूर्वआर्थिक पत्रकार गोकर्ण अवस्थी नेपाल धितोपत्र बोर्डको सञ्चालकमा सिफारिस भएका छन् ।

बोर्डमा महासंघको प्रतिनिधित्व गर्न महानिर्देशक अवस्थी सिफारिस भएका हुन् । हाल सेबोनमा महासंघको प्रतिनिधित्व उपाध्यक्ष सुरकृष्ण वैद्यले गर्दै आएका छन् ।

बोर्डमा व्यवसायी रहँदा स्वार्थको द्वन्द्व हुने भन्दै विवाद छ । महासंघले सोही विवादको उपायस्वरुप महानिर्देशक अवस्थीलाई प्रतिनिधित्व गर्न पठाएको हो ।

अवस्थी २०७८ चैतमा महासंघको महानिर्देक बनेका हुन् । त्यसअघि उनी नायब महानिर्देशक थिए ।

दुई दशकभन्दा बढी सक्रिय आर्थिक पत्रकारिता गरेका अवस्थी आर्थिक पत्रकारहरुको संस्था नेपाल आर्थिक पत्रकार समाज(सेजन)का पूर्वअध्यक्ष हुन् । अवस्थीले सयुक्त राष्ट्र संघमा समेत काम गरेका छन् ।


क्लिकमान्डु