केयरले कानुनविपरीत रेटिङ गरेको ठहर, ५० हजार रुपैयाँ जरिवाना तिराउने निर्णय



काठमाडौं । केयर रेटिङले कानुन विपरित रेटिङ गरेको नेपाल धितोपत्र बोर्ड (सेबोन)को सञ्चालक समितिले ठहर गरेको छ ।

मंगलबार बिहान बसेको सेबोन सञ्चालक समितिको बैठकले कानुन विपरित काम गरेको पाइएपछि केयर रेटिङलाई कारबाही गर्ने निर्णय गरेको हो । बोर्डले केयरलाई ५० हजार रुपैयाँ जरिवाना तिराउने निर्णय गरेको छ ।

धितोपत्र सम्बन्धि ऎन कानुन विपरीत कुनै पनि कम्पनीको रेटिङ गरेमा ५० हजारदेखि २ लाख रुपैयाँसम्म जरिवाना हुनसक्ने व्यवस्था छ । सोही व्यवस्था अनुसार बोर्डले केयरमाथि कानुनी कारबाही गरेको बोर्डका एक सदस्यले जानकारी दिए ।

‘हामीले रेटिङ एजेन्सीलाई पहिलो कारबाही गरेका छौं । त्यसैले कानुनले तोकेको न्यूनतम जरिवाना गरिएको हो’ उनले भने, ‘अन्य कम्पनीहरु पनि सुध्रिउन् र भविष्यमा गलत काम नगरुन् भन्ने उदेश्यले केयर माथि कारबाही भएको हो ।’

केयर रेटिङले कानुन विपरित रेटिङ गरेको भन्दै धितोपत्र बोर्डले गत पुस २८ गते स्पष्टीकरण सोधेको थियो।

बोर्डले रेटिङ नियमावली २०६८ उल्लंघन गरि आफ्नो मुख्य सेयर धनी रहेको कम्पनीको रेटिङ गरेको भन्दै केयरलाई जवाफ पेस गर्न निर्देशन दिएको थियो ।

सेबोनले स्पष्टीकरणपत्रमा धितोपत्रसम्बन्धी ऐन २०६३ को दफा १०१ को उपदफा ७ अनुसार हदैसम्मको कारबाही किन नगर्ने भन्दै केयरलाई प्रश्न सोधेको थियो।

नेपालको संविधानको धारा ७ मा देवनागरीक लिपिमा लेखिने नेपाली भाषा सरकारी कामकाजको भाषा हुने उल्लेख भए पनि केयर रेटिङले माघ २० गते धितोपत्र बोर्डमा अंग्रेजी भाषामा स्पष्टीकरण पेस गरेको थियो ।

बोर्डले नेपालीमा स्पष्टीकरण पेस गर्न निर्देशन दिएपछि कम्पनीले फागुन पहिलो साता आफूले कानुन विपरित स्वार्थको द्वन्द्व हुने गरी काम नगरेको दाबी गर्दै बोर्डमा स्पष्टीकरण पेस गरेको थियो ।

क्रेडिट रेटिङको नियमावलीको नियम ३४ मा क्रेडिट रेटिङ संस्थाले आफ्नो वा आफ्नो संस्थापक सेयरधनी, मुख्य सेयरधनी वा आफ्नो मुख्य संस्था वा सहायक संस्थाहरुको क्रेडिट रेटिङ गर्नु हुँदैन भन्ने व्यवस्था छ ।

यस्तै नियमावलीमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा आफैले वा आफूसहित आफ्नो एकाघरको परिवारको सदस्यसमेत मिली क्रेडिट रेटिङ संस्थाको कम्तिमा दश प्रतिशत शेयर स्वामित्व ग्रहण गरेको वा मताधिकार प्राप्त गरेमा क्रेडिट रेटिङ संस्थासँग कुन किसिमको सम्बन्ध रहेको छ सो सम्बन्धी व्यहोर रेटिङ उद्घोषणमा खुलाउनुपर्ने व्यवस्था छ ।

तर, केयर रेटिङमा विभिन्न नाममा २० प्रतिशत अन्तिम लाभग्राही बिशाल ग्रुप हुँदा समेत केयरले बिशालको लगानी भएका कम्पनीले रेटिङ लगाउँदै आएको थियो ।

रेटिङ कम्पनीमा प्रत्यक्ष वा अप्रत्यक्ष १० प्रतिशतभन्दा नियन्त्रण भएका व्यक्तिको कुनै अन्य कम्पनीमा १० प्रतिशत वा सो भन्दा बढी शेयर भएको अवस्थामा रेटिङ गर्न नमिल्ने व्यवस्था विपरित केयरले विशाल गुप्रको १० प्रतिशत भन्दा बढी लगानी भएका करिब १ दर्जन कम्पनीको रेटिङ गरेको थियो ।

२०७९ साउनमा रेटिङ कम्पनीले आफ्नो लगानीकर्ता कम्पनीको रेटिङ गरेको गुनासो आएपछि धितोपत्र बोर्डले अनुसन्धान शुरु गरेको थियो । बोर्डले केयर रेटिङले नियम विपरित रेटिङ गरिरहेको पाएपछि स्पष्टीकरण सोधेको थियो ।

केयरलाई कारबाही गर्ने प्रस्ताव सुपरीवेक्षण विभागले पेस नगरेपछि गत असार ७ गते धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले विभाग प्रमुख विनयदेव आचार्यलाई मेमो काट्दै असार १५ गतेभित्र सञ्चालक समिति बैठकमा केयरलाई कारबाही गर्ने प्रस्ताव पेस गर्न निर्देशन दिएका थिए ।

बोर्ड अध्यक्ष हमालले निर्देशन दिएको अढाइ महिना पछि केयरलाई सेबोनले कारबाही गरेको हो ।

केयर रेटिङ नियमावली अनुसार टिङ कम्पनीमा १० प्रतिशत वा सोभन्दा बढी सेयर स्वामित्व भएका सञ्चालकको नियन्त्रण रहेका कम्पनीको रेटिङ गर्न पाइँदैन ।

तर, केयरले विशाल गुप्रले सञ्चालन गरेका एक दर्जन कम्पनीको रेटिङ गराएको छ । केयर रेटिङमा विशाल गुप्रको करिब २० प्रतिशत स्वामित्व भएकाले केयरले विशाल गुप्र मातहतका कम्पनीको रेटिङ गर्न पाउँदैन ।

तर, केयरले विशाल गुप्रले सञ्चालन गरेका एक दर्जन कम्पनीको रेटिङ गराएको छ । केयर रेटिङमा विशाल गुप्रको करिब २० प्रतिशत स्वामित्व भएकाले केयरले विशाल गुप्र मातहतका कम्पनीको रेटिङ गर्न पाउँदैन ।

धितोपत्र बोर्डको सुपरिवेक्षण विभागले गरेको अध्ययनमा केयरले स्वार्थ बाझिने गरी रेटिङ गरेको पाएको थियो ।

विभिन्न व्यक्तिका कम्पनी स्थापना गरी केयरमा लगानी गरेका लगानीकर्ता पनि विशाल गुप्रअन्तर्गतका लगानीकर्ता भएको र अन्तिम हितग्राही एउटै व्यक्ति रहेको भन्दै सुपरिवेक्षण विभाग केयरलाई कारबाही गर्नुपर्ने व्यहोराको प्रतिवेदन दिएको थियो ।

क्रेडिट रेटिङको नियमावलीको नियम ३४ मा क्रेडिट रेटिङ संस्थाले आफ्नो वा आफ्नो संस्थापक सेयरधनी, मुख्य सेयरधनी वा आफ्नो मुख्य संस्था वा सहायक संस्थाहरुको क्रेडिट रेटिङ गर्नु हुँदैन भन्ने व्यवस्था छ ।

यस्तै नियमावलीमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा आफैंले वा आफूसहित आफ्नो एकाघरको परिवारको सदस्यसमेत मिलेर क्रेडिट रेटिङ संस्थाको कम्तीमा १० प्रतिशत सेयर स्वामित्व ग्रहण गरेको वा मताधिकार प्राप्त गरेमा क्रेडिट रेटिङ संस्थासँग कुन किसिमको सम्बन्ध रहेको छ सो सम्बन्धी व्यहोरा रेटिङ उद्घोषणमा खुलाउनुपर्ने व्यवस्था छ ।

तर, केयर रेटिङमा विभिन्न नाममा २० प्रतिशत अन्तिम लाभग्राही विशाल ग्रुप हुँदासमेत केयरले विशालको लगानी भएका कम्पनीले रेटिङ गर्दै आएको थियो ।

रेटिङ कम्पनीमा प्रत्यक्ष वा अप्रत्यक्ष १० प्रतिशतभन्दा बढी नियन्त्रण भएका व्यक्तिको कुनै अन्य कम्पनीमा १० प्रतिशत वा सो भन्दा बढी सेयर भएको अवस्थामा रेटिङ गर्न नमिल्ने व्यवस्थाविपरीत केयरले विशाल गुप्रको १० प्रतिशतभन्दा बढी लगानी भएका करिब १ दर्जन कम्पनीको रेटिङ गरेको थियो ।

२०७९ साउनमा क्लिकमान्डुले केयर रेटिङले कानुनविपरीत रेटिङ गरिरहेको भन्दै समाचार प्रकाशित गरेको थियो । धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले २०७९ साउनमा क्लिकमान्डुसँग छानबिन समिति गठन गरेर अध्ययन गरिरहेको बताएका थिए ।


क्लिकमान्डु