ललिता निवास जग्गा किर्ते प्रकरणमा थप २ जना पक्राउ
काठमाडौं । बालुवाटारको सरकारी जग्गा रहेको ललिता निवास किर्ते प्रकरणमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले समरजंग कम्पनीका पूर्वअधिकृत रमेशकुमार पोखरेल र नक्कली मोही देवनारायण महर्जनलाई पक्राउ गरेको हो ।
सीआईबी प्रमुख एआईजी किरण बज्राचार्यले अनुसन्धानका लागि थप २ जनालाई पक्राउ गरिएको जानकारी दिइन् ।
सीआईबीले आइतबार ललितानिवास जग्गा प्रकरणकै अनुसन्धानका लागि थप ३ जनालाई पक्राउ गरेको थियो ।
त्यसअघि सीआईबीले ७ जनालाई पक्राउ गरेको थियो । तर, सर्वोच्च अदालतबाट पहिल्यै निषेधाज्ञाको आदेश लिएका तीन जना भने छुटेका थिए ।
ललितानिवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरी अनियमित गरेको आरोपमा सीआईबीले पुरानो फाइल खोलेको हो ।