भारतमा फुटवेयर उत्पादन घट्दो क्रममा, करिब ३ अर्ब अमेरिकी डलरको निर्यात
काठमाडौं । चीनपछि विश्वको सबैभन्दा बढी फुटवेयर उत्पादन गर्ने देश भारतको उत्पादन क्रमशः घट्दै गएको छ । फुटवेयर क्षेत्रमा भएको एक अध्ययनअनुसार भारतको आन्तरिक उत्पादन क्रमशः घट्दै गएको हो ।
विश्वको फुटवेयर उत्पादन क्षेत्रको १०.७ प्रतिशत हिस्सा ओगटेको भारतमा ११.७ प्रतिशत खपत हिस्सा छ । भारतको अर्थतन्त्रमा फुटवेयर उद्योगको कुल ग्राहस्थ उत्पादनमा २ प्रतिशत योगदान रहेको अध्ययनले देखाएको छ ।
सन् २०२१/२२ मा २१ करोड ९२ लाख ९८ हजार फुटवेयर उत्पादन भएको अध्ययनमा जनाइएको छ । यसअघि सन् २०२०/२१ मा २३ करोड ७१ लाख ९२ हजार जोडी, सन् २०१९/२० मा २६ करोड १३ लाख ५३ हजार र सन् २०१८/१९ मा २७ करोड ३६ लाख २१ हजार जोडी उत्पादन गरेका थिए ।
त्यस्तस्तै, सन् २०१७/१८ मा २६ करोड ९१ लाख ७३ हजार जोडी, आव २०१६/१७ मा २६ करोड ८८ लाख ८३ हजार जोडी, सन् २०१५/१६ मा २६ करोड १२ लाख १९ हजार जोडी, सन् २०१४/१५ मा २६ करोड ३६ लाख ७५ हजार जोडी, सन् २०१३/१४ मा २३ करोड ७ लाख ३४ हजार र सन् २०१२/१३ मा २३ करोड ९६ हजार जोडी उत्पादन गरेका थिए । उक्त तथ्याङ्क हेर्दा सन् २०१८/१९ देखि सन् २०२१/२२ सम्ममा निरन्तर घट्दै गएको पाइएको छ ।
भारतको सन् २०२२/२३ को फेब्रुअरीसम्ममा उत्पादनमा सुधार भएको देखिँदैन । भारतमा सन् २०२२ को जनवरीमा १ करोड ७९ लाख जोडी, फेब्रुअरीमा १ करोड ८० लाख जोडी, मार्चमा २ करोड ३ लाख जोडी, अप्रिलमा १ करोड ८२ लाख जोडी, मेमा १ करोड ६७ लाख जोडी र जुनमा १ करोड ६१ लाख जोडी उत्पादन भएको थियो ।
त्यस्तै, सन् २०२२ को जुलाईमा १ करोड ६३ लाख जोडी, अगस्टमा १ करोड ४७ लाख जोडी, सेप्टेम्बरमा १ करोड ५० लाख जोडी, अक्टोबरमा १ करोड ३२ लाख जोडी, नोभेम्बरमा १ करोड ५८ लाख जोडी, डिसेम्बरमा १ करोड ७२ हजार जोडी, सन् २०२३ को जनवरीमा १ करोड ७४ लाख जोडी र सन् फेब्रअरीमा १ करोड ७१ लाख जोडी उत्पादन भएका छन् ।
विश्वभर फैलिएको कोरोना–१९ का कारणले गर्दा आन्तरिक तथा विश्वको उत्पादन क्षेत्रमा नै असर परेको थियो । कोरोनाले विश्वका विभिन्न देशले लकडाउनदेखि आवतजावतमा कडाइ गरेकाले समयमै कच्चा पदार्थ नपाएको र मागमा कमी आएको अध्ययनमा उल्लेख छ ।
अध्ययनका अनुसार सन् २०२३ देखि सन् २०२८ मा ४.८४ प्रतिशतले व्यापार बढ्न गई फुटवेयर क्षेत्रबाट २४ अर्ब ८६ करोड अमेरिकी डलर आम्दानी हुने अनुमान गरिएको छ । सन् २०२३ मा फुटवेयरबाट भारतमा १७ अर्ब २८ करोड अमेरिकी डलर आम्दानी भएको उल्लेख छ ।
त्यसैगरी, सन् २०२८ सम्ममा २ अर्ब २२ करोड ६० लाख जोडीले बढी उत्पादन हुने अनुमान गरिएको छ ।
विश्वमा अहिले फुटवेयरको बजार २ खर्ब ३४ अर्ब ५० करोड अमेरिकी डलरको छ । सन् २०२८ सम्ममा यसको बजार ३.९ प्रतिशतले बढ्ने अनुमान गरिएको छ ।
भारतको निर्यातमा भने केही सुधार भएको जनाइएको छ । अध्ययनअनुसार सन् २०२२/२३ मा अमेरिका, बेलायत र जर्मनीतर्फको निर्यातमा सुधार आएको हो । निर्यातमा १ प्रतिशत हिस्सा ओगटेको भारतले २ अर्ब ७४ करोड ८ लाख अमेरिकी डलरको निर्यात गरेको छ । सन् २०२१/२२ मा २ अर्ब २५ करोड ३७ लाख अमेरिकी डलरको निर्यात गरेको थियो । जुन २१.६१ प्रतिशतले बढेको छ ।
करिब १ अर्ब अमेरिकी डलरको आयात
वार्षिक २० करोडभन्दा बढी जोडी फुटवेयर उत्पादन गर्ने भारतले सन् २०२२/२३ मा करिब १ अर्ब अमेरिकी डलर बराबरको आयात गरेको छ । भारतले सन् २०२२/२३ मा ८५ करोड ८५ लाख अमेरिकी डलरको फुटवेयर आयात गरेको छ ।
सन् २०२१ मा ५७ करोड ४७ लाख अमेरिकी डलरको आयात गरेको थियो । सन् २०२२/२३ मा अघिल्लो वर्षको तुलनामा ४९.३९ प्रतिशतले बढेको छ । भारतले चीन, भियतनाम, इन्डोनेसिया र बंगलादेशबाट उच्च फुटवेयर उत्पादन गर्दै आएको छ ।